बैतडी– नेकपा (माओवादी केन्द्र) का प्रदेश नम्बर ७ का इञ्चार्ज लेखराज भट्टले अब हुने प्रदेश र संघको निर्वाचनका लागि गाउँगाउँमा खट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


पार्टीलाई पहिलो बनाउन खटेर लाग्न पनि कार्यकर्तालाई उनले निर्देशन दिएका छन् । पार्टी प्रशिक्षणका लागि मंगलबार बैतडीको पाटन पुग्नु भएका नेता भट्टले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई भोट दिने जनतालाई धन्यवाद दिँदै अबको निर्वाचनमा पनि माओवादी केन्द्रलाई भोट दिन आग्रह गरे।


ADVERTISEMENT

# # #


प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको सन्दर्भमा माओवादी केन्द्रले जिल्लास्तरीय प्रशिक्षण तथा बैठकको आयोजना गरेको हो । माओवादी केन्द्रका जिल्ला संयोजक प्रेम प्रकाश भट्ट ‘आदित्य’को अध्यक्षतामा भएको प्रशिक्षण तथा बैठकमा माओवादी केन्द्रका ७ नम्बर प्रदेश इञ्चार्ज लेखराज भट्ट प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा पोलिटब्युरो सदस्य रेणु चन्द र नरेन्द्र कुँवर ‘विजयसुन्दर’को पनि उपस्थिति रहेको थियो । आज पनि बैठक बस्ने र बैठकमा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य भुवनचन्द्र विश्वकर्मा ‘शान’ले जानकारी दिए ।