काठमाडौँ– प्रदेश नम्बर २ का ८ जिल्लामा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनपछि मतगणना जारी छ । कतिपय वडा तहको मतपरिणाम सार्वजनिक भैसकेको छ र प्रारम्भिक नतिजा आउने क्रम जारी छ।


ADVERTISEMENT


१३६ मध्ये राजविराज नगरपालिका बाहेक सबैमा मतगणना सुरु भैसकेको निर्वाचन आयोगले जनाएको छ । ८ वटा जिल्लाका १३६ वटा स्थानीय तहमा सोमबार मतदान भएको थियो । प्रदेश नम्बर २ का स्थानीय तहका १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म गर्ने गरी भएको मतगणनामा भइरहेको छ।


ADVERTISEMENT

# # #


हालसम्म १०१ स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ।

कांग्रेसले सबैभन्दा बढी ३१ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ। यस्तै नेकपा एमालेले २० स्थानमा अगाडी रहेको छ भने उपेन्द्र यादवको संघीय समाजवादी फोरम १९ स्थानीय तहमा अगाडी रहेको छ ।

नेकपा माओवादी केन्द्रले १६ स्थानमा अग्रता कायम गरिरहँदा मधेस केन्द्रित पाँच पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) १३ स्थानमा अगाडी रहेको छ ।