काठमाडौं । प्रतिनिधि सभाको विघटनप्रति औपचारिक प्रतिक्रिया जनाउँदै भारतले त्यसलाई नेपालको आन्तरिक मामिला भनेको छ।


ADVERTISEMENT


आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहिबार प्रतिक्रिया जनाएका हुन् ।


ADVERTISEMENT

# # #


प्रवक्ता श्रीवास्तवले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमलाई भारतले नोट गरेको बताएका छन् ।

भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले अहिलेको घटना नेपालको आन्तरिक मामिला भएको बताउँदै सो कुरा बताएका हुन् ।

“नेपालको राजनीतिक विकासक्रमलाई हामीले नोट गरेका छौं, यो नेपालले प्रजातान्त्रिक प्रक्रियाद्वारा निर्णय लिने आन्तरिक मामिला हो ।” प्रवक्ता श्रीवास्तवले भनेका छन् “एक छिमेकी र शुभचिन्तकको हिसाबले नेपाल र त्यहाँका जनतालाई शान्ति, समृद्धि र विकासको बाटोमा अग्रसर हुन भारतले निरन्तर सहयोग गरिरहने छ ।”