एजेन्सी – भारतीय जनताका लागि नरेन्द्र मोदी अर्थव्यवस्था देखि भारतीय यावत् महत्वकांक्षाहरुमा ठूलो अपेक्षा राखिएका प्रधानमन्त्री हुन् ।


ADVERTISEMENT


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६ वर्ष अघि प्रधानमन्त्री पदबहाली गर्दैगर्दा भारतीय अर्थतन्त्रलाई मजबुत बनाउने प्रतिवद्धता गरेका थिए । दोस्रोपटक प्रधानमन्त्री पद सम्हालिरहेका मोदीले बारम्बार विश्वका ठूला देशहरुसँग प्रतिस्पर्धा गर्नसक्ने गरी आर्थिक वृद्धि गर्ने बताइरहेकै छन् । उनले आफ्नै कार्यकालभित्र भारतको अर्थव्यवस्थालाई २५ खर्ब डलरको बनाउने महत्वाकांक्षी सपना देखाएका छन् ।


ADVERTISEMENT

# # #


यद्यपि, भारतको अर्थतन्त्र ४० वर्षयताकै खराब देखिएको छ । लामो समयदेखि खस्किँदै गएको अर्थतन्त्र मोदीको कार्यकालमा खराब अवस्थामा पुगेको छ । गुजरातको मुख्यमन्त्री हुँदा ‘विकासको गुजरात मोडल’का रुपमा उदाएका अर्थतन्त्र उकास्ने चुनौती उनको काँधमा परेको छ ।
सानो तप्काबाट शुरु भएको किसान आन्दोलन केन्द्रसम्म पुगेको छ । उनी आफ्नो कार्यकालको मध्यवधिसम्म चर्चामा रहेपनि त्यसयता आलोचित हुँदै आएका छन् । भारतको अहिलेको अर्थव्यवस्था सन् १९७८ पछिको सबैभन्दा ठूलो निराशाजन स्थितिमा देखिन्छ ।

कोभिडका कारण विश्वभर अर्थतन्त्रमा नकारात्मक असर परेपनि भारतमा भने कोरोना अघि नै अर्थतन्त्र नकारात्मक बन्दै गएको थियो । यतिबेला भारतको पर्यटन तथा व्यापार क्षेत्र ४७ प्रतिशत गिरावट आएको छ भने निर्माण उद्योग करिब ४० प्रतिशतले खुम्चिएको छ।

मोदीले जनतामा रोजगारी सिर्जना गरी अर्थव्यवस्थामा कायापलट गर्ने वाचा गरेपनि पछिल्लो समय भारतमा बेरोजगारी पनि बढ्दै गएको छ । भारतको जीडीपी ४० वर्षयताकै नकारात्मक देखिएकोमा यस्तै अवस्था रहे भारतको अर्थतन्त्र धरासयी हुने र बेरोजगारी दर पनि ह्वात्तै बढ्ने अनुमान अर्थविद्हरुले गरेका छन् ।