काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ ।


ADVERTISEMENT


बैंकको मोबाइल बैकिङ ग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रक्रारको कारोबार नगर्नु भएका ग्राहक महानुभावहरुले ग्लोबल स्र्माट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) रु. ५० र क्यू आर मार्फतको पहिलो भुक्तानीमा रु. १०० नगद प्राप्त (क्यास ब्याक) गर्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखी यस्ता विभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको छ ।


ADVERTISEMENT

# # #


बैंकले ७ वटै प्रदेशमा २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ सीडिएस क्लियरिङ काउण्टरबाट सेवा दिइरहेको छ । यस्तै बैंकले २३ राजश्व कलेक्सन काउण्टर तथा ३ बैदेशिक प्रतिनिधि÷सम्पर्क कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।