काठमाडौँ – हिमालयन बैंक लिमिटेडले दोलखाको चरिकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले पौष १९ गतेदेखि शाखा विस्तार गर्दै कारोबार सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


बैंकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउनेछ । यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने १४६ वटा एटीएम र ४२ सय भन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको छ ।


ADVERTISEMENT

# # #