काठमाडौँ – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि. द्धारा प्रवद्धित अशोक लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ १३ सर्भिस सेन्टरहरुमा लागु हुनेगरी देशैभरी सुरु गरेको छ । आइतवारदेर्खि पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेक्अपसहित क्याम्प शुरु भएको कम्पनीले बताएको छ । यस सर्भिस क्याम्पको दौरान ग्रहकले विभिन्न आकर्षक उपहार साथै ड्राईभरहरुले सुरक्षित ड्राईभिङ्ग सम्बन्धी जानकारी पनि लिन सक्ने छन् ।


ADVERTISEMENT


यो सर्भिस क्याम्पको अफरहरु अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो क्याम्पीङ्गमा ग्राहक वर्गहरुले अशोक लेलैण्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्ने छन् भने डिस्काउन्ट कुपन पनि प्राप्त गर्न सक्ने छन् ।


ADVERTISEMENT

# # #


सुरक्षित गाडिका लागि जेन्युअन पार्टस् प्रयोग गरौ भन्ने नारा का साथ सुरु भएको यस योजना माघ ४ गते देखी १५ गते सम्म लागु हुने जानकारी कम्पनीले दिएको छ ।