बाग्लुङ – लामो समय वैदेशिक रोजगारीमा बसेका बागलुङ नगरपालिका–१३ पैंयुपाटाका ३३ वर्षीय रामचन्द्र बोहरा परिवारको खर्च चलाउन दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किएका बोहरालाई परिवारको करकापले अस्पताल पुगेपछि आफ्नो दुबै मिर्गौलाले काम गर्न छोडेको थाहा भयो ।


ADVERTISEMENT


पोखराको आस्था मिर्गौला तथा स्पेशलाइज्ड अस्पतालले उनको दुवै मिर्गौलाले काम गर्न छोडेको बताएको छ । यतिबेला अस्पतालको शैयामा छटपटाइ रहेका बोहराको हप्तामा दुई पटक डायलासिस गर्नुपर्छ ।


ADVERTISEMENT

# # #


चिकित्सकले बोहराको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन् । मध्यम वर्गिय परिवारका रामचन्द्रलाई डायलासिस मात्रै गर्नसमेत आर्थिक कठिनाइ छ । रामचन्द्रकी आमाको विसं २०७४ मा टाउकोको शल्यक्रिया भएको थियो । रामचन्द्र बोहराको आठ वर्षका छोरा छन् । पेटको शल्यक्रिया गरेकाले बोहोराकी पत्नी कमजोर छिन् । खर्च थेगिनसक्नु भएको
र मजदूरी गरेर छाक टार्न कठिन भएर विदेश गएको छोरा बिरामी भएर फर्किए पछि परिवारको अवस्था झन् दयनिय भएको रामचन्द्रका बाबु कृष्ण बोहराले बताउँछन् । परिवारले रामचन्द्रलाई बचाइदिन आग्रह गरेको छ ।

मिर्गौला प्रत्यारोपणका लागि कति खर्च लाग्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन । घरमा आम्दानी केही नभएको र ऋणसमेत पाउन गाह्रो परेको अवस्थामा कसैबाट सहयोग पाउन सके बोहराले नयाँ जीवन पाउने परिवारको आशा छ । रासस