भोजपुर– जयपृथ्वी राजमार्गमा निर्माण भइरहेको सडकमा कालोपत्रे गर्दा कमसल निर्माण सामग्री प्रयोग भएको प्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । बागथलाबाट भोजपुरसम्म जोड्ने निर्माणधित सडकमा केही युवाले अवलोकन गर्दा निर्माण सामग्री कमसल प्रयोग गरी सडक कालोपत्रे भइरहेको पाइएको हो ।


ADVERTISEMENT


कालोपत्रे गर्दा प्रयोग गरिएको अलकत्रा हातले उप्काउन मिल्ने खबर आएपछी बझाङका युवाले उक्त सडकमा निगरानी राखेका थिए । अवलोकन गर्दै जाँदा कमसल निर्माण समाग्री प्रयोग गरेको र सडकको धुलो सफा नगरी अलकत्रा बिछ्याएको पाइएको स्थानीय अशोक मल्लले बताएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, सडक कालोपत्रे गर्दा ‘रिसोलिङ पिच’ गर्नुपर्ने ठाउँमा गिट्टी नराख्ने गरेको र मात्राअनुसार अलकत्रा प्रयोग नगरी सडक कालोपत्रे भइरहेको छ । सडक मर्मतका बेला सडकलाई फराकिलो गरेर कालोपत्रे गर्नुपर्ने भए पनि त्यसो नगरेको पाएको हो । यता कालोपत्रेको काममा गल्ती भएकोे निर्माण कम्पनिका प्रतिनिधि हरिप्रसाद खनालले स्वीकारेका छन्।

ओटासिल सडक उप्कीसकेकाले सो मर्मतका लागि करिब रु. छ करोड कम्पनीसँग सम्झौता भएको भए पनि निर्माण कम्पनीले सडकको छेउमा जाली नहाल्ने तथा किनारामा नाला नबनाएर नै सडक मर्मत गरेको प्रति स्थानियले आपत्ति जनाएको हो । सडक निर्माणमा भइरहेको कमसल सामान परिवर्तन गरी गुणस्तरीय सामान प्रयोग नगरेमा युवाले कामलाई अवरोध पु¥याउने बताएका छन् ।

सडक डिभिजन कार्यालय बैतडीले जलजला निर्माण सेवा काठमाडौँलाई सो सडक कालोपत्रे गर्ने कामको जिम्मेवारी दिएको थियो । रासस