काठमाडौँ – सरकारविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव पक्षमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर आरोप लगाएका छन् । उनले प्रचण्ड पक्षलाई पूर्व राजा ज्ञानेन्द्रसँग बसेर रक्सी खाने गरेको आरोप लगाएका हुन् ।


ADVERTISEMENT


शुक्रवार काठमाडौँमा आयोजित कार्यकर्ता भेला कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्षले पूर्व राजा ज्ञानेन्द्रसँग मिलेर लोकतन्त्र विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाए ।


ADVERTISEMENT

# # #


जनयुद्धताका आफूले गणतन्त्र विरुद्ध अभिव्यक्ति दिएको भन्ने आरोप लाग्ने गरेकोमा उक्त अभिव्यक्तिबारे स्पष्टिकरण दिँदै उनले जनयुद्धभन्दा पहिले देखि नै आफूले व्यवस्थित रुपमा गणतन्त्रको मुद्दा उठाएको बताए । ६२/६३ को जनआन्दोलन २ काँग्रेससँग मिलेर गर्नु परेको र त्यतिबेला काँग्रेसको विधानमै संवैधानिक राजतन्त्रसहितको लोकतन्त्र रहेको उनले बताए । ‘मैले भने काँग्रेसको विधानमा संवैधानिक राजतन्त्र छ । काँग्रेस संवैधानिक राजतन्त्रलाई आदर्श मानेर हिँडिरहेको छ र काँग्रेससँग नमिली आन्दोलन गर्न सकिदैन,’ उनले भने, ‘काँग्रेसको विधानलाई स्वीकारेर हामी आन्दोलनरत थियौँ, त्यसै बेला मैले भनेको थिएँ हाम्रो माग नै गणतन्त्र छैन, यो बयलगाडा चढेर अमेरिका जानु जस्तै हो । माग नै छै्रन त कहाँ सही ठाउँमा पुगिन्छ ?’

नले आन्दोलनको माग संवैधानिक राजतन्त्रसहितको लोकतन्त्र भएको बताउँदै केहीले क्रान्तिकारिता देखाउन गणतन्त्रको मुद्दा उचालेको बताए । उनले भने, ‘उहाँहरुलाई राजनैतीक विश्लेषण गर्न आउँदैन ।’ प्रचण्ड पक्ष पूर्व राजा ज्ञानेन्द्र निकट भएको आरोप लगाउँदै उनले आफू यथार्थ बोल्ने, खुला र पारदर्शी कुरा मात्र गर्न बताए ।