काठमाडौँ – आयातमा गरिएको नीतिगत कडाइ तथा सरकारले गत वर्ष चैत ११ देखि गरेको देशव्यापी लकडाउनका कारण आयात घटेपनि राजस्व संकलनमा भने उल्लेख्य सुधार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा करीब ५ प्रतिशतले आयात घटेको छ ।


ADVERTISEMENT


यद्यपि यो अवधिमा विभागले गर्ने राजस्व संकलन भने ११ अर्बले बढेको छ । विभागकाअनुसार अघिल्लो वर्ष पहिलो ६ महीनामा १ खर्ब ७७ अर्ब राजस्व संकलन गरिएकोमा यस वर्ष सोही अवधिमा १ खर्ब ८८ अर्ब राजस्व संकलन भएको छ ।


ADVERTISEMENT

# # #


विभागले गर्ने राजस्व संकलनको स्रोत बाह्य मुलुकबाट आयात हुने वस्तु हो । कोरोनाका कारण अर्थतन्त्र धरासयी बन्दै गएको बेला पनि राजस्व संकलन बढ्नु राज्यका लागि सकारात्मक देखिन्छ ।

कोरोनाको समयमा भन्सार दर उच्च भएका मोबाइल, ल्यापटप जस्ता ग्याजेटको आयात बढेकाले राजस्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक सुमन दाहालले बताए । उनकाअनुसार समग्र आयात घटेपनि यो अवधिमा उच्च भन्सार भएका मोबाइल, ल्यापटप, चिनी, स्वास्थ्य सामाग्री लगायतका वस्तुको आयात बढेको छ । यस्तै विभागले यस आर्थिक वर्षमा केही वस्तुको भन्सार दर पनि वृद्धि गरेको छ । जसरकाण राजस्व संकलन सुधार भएको महानिर्देशक दाहालको भनाइ छ ।