सर्लाही– प्रहरीले हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । सर्लाहीको कविलासी स्थित पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।


ADVERTISEMENT


मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । उनले भने; ‘उनको साथबाट ७ दशमलव ६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ । ’ अन्य आवश्यक अनुसन्धान जारी रहेको राठौरले बताएका छन् ।


ADVERTISEMENT

# # #


छिमेकी देश भारतसँग खुला सिमाना रहेको प्रदेश नं २ का जिल्लामा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई निगरानीमा राख्दै थप कडाइ गरेको छ । रासस