काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाईका लागि जारी संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्माओलीले अदालतको अवहेलना गरेको प्रश्न उठेको छ ।


ADVERTISEMENT


सुनुवाईका क्रममा आइतबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले खुलेआम अदालतको अवहेलना गरेको भन्दै इजलासको ध्यानाकर्षण गराएका छन् । उनले प्रधानमन्त्रीले सार्वजनिक मञ्चहरूमा सर्वोच्च अदालतको विषयमा हस्तक्षेप हुनेगरी अभिव्यक्ति दिइरहेको बताए ।


ADVERTISEMENT

# # #


शुक्रबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक जना बाजेलाई तमासा गर्न लगेछन्’ भनेका थिए । सोही विषयलाई लिएर अधिवक्ता त्रिपाठीले ओलीले अदालतको अवहेलना गरेको र त्यस्ता अभिव्यक्ति रोकिनु पर्ने माग गरे ।

जवाफमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बजारमा चलिरहेको हल्लाका कारण ध्यान नमोड्न आग्रह गरे । उनले इजलासमा उठेको विषयलाई मात्रै उठाउन आग्रह गरे ।

प्रधानन्यायाधीश जबराले भने, ‘अहिले बजारमा थुप्रै विषय आएका छन् । बजारको कुरो सुन्यो भने सबैलाई यहीँ ल्याएर जम्मा गर्नुपर्ने अवास्था छ । वर्तमान, पूर्व सबैलाई यहाँ नै ल्याएर जम्मा गर्नुपर्ने अवस्था छ, फेरि ठाउँ नहोला ।’

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको थियो । उक्त विघटन विरुद्ध हाल सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।