काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले शारीरिक अपांगता भएका व्यक्तिहरुको साथमा सरकार रहेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सवालबारेको साक्षात्कारमा बोल्दै प्रधानमन्त्री ओलीले मौलिक अधिकारको उपभोग गर्नका लागि आफै असक्षम व्यक्तिका लागि सरकाले सोच्ने र त्यही अनुसार योजना ल्याउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘सरकार तपाईंहरुको साथमा छ, जसलाई सबैभन्दा बढी सहयोगको आवश्यकता छ । तपाईंहरुको समस्याको समाधान कसरी गर्ने भन्नेबारे सरकारले सोच्छ, सोच्नैपर्छ ।’ प्रधानमन्त्री ओलीलले भने, ‘अपांगता भएका व्यक्तिहरुको सन्दर्भमा, जीविका कठिन भएका व्यक्तिहरुको सन्दर्भमा, बाँच्न नै कठिन भएका, सहारा नभएका, अभिभावक नभएका व्यक्तिहरुको सन्दर्भमा म तपाईंहरुलाई ढुक्कसाथ भन्न सक्छु, सरकार छ ।’ उनले त्यस्ता व्यक्तिहरुका लागि सरकारले जीविकाको, रहने–बस्ने, अवस्था, क्षमता र योग्यता अनुसारका शिक्षा–स्वास्थ्य, सीप विकास गर्ने विश्वास दिलाए ।

उनले अपांगता भएको व्यक्तिहरुको योग्यता, क्षमता र अवस्था हेरेर त्यहीअनुसारका शिक्षा र सीप विकासमा योजना ल्याउने आश्वासन दिए । ‘सबैभन्दा बढी समस्या शारीरिक अपांगता भएका व्यक्तिहरुमा हुन्छ ।’ उनले भने, ‘ती समस्याहरु, आर्थिक अवस्था ठीकै भएको परिवारमा भएको भए त ठीकै होला, कमजोर आर्थिक अवस्था भएको परिवारमा अपांगता भएको व्यक्ति नै समस्या भइरहेको हुन्छ । ती सबै समस्या समाधान गर्न र अपांगता भएका व्यक्तिलाई सबल बनाउनका लागि सरकार लाग्छ ।’

सरकारले अभिभाकत्व निभाएकै कारण आज सडकमा सडक बालबालिकाहरु नरहेको र कसैले माग्दै हिंड्नु नपरेको दाबी उनले गरे ।