बाग्लुङ– ‘विश्वभरिका बिहुँकोटेको एउटै सपना, समृद्ध बिहुँकोट हाम्रा साझा परिकल्पना’ भन्ने उद्घोषका साथ अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्च गठन भएको छ । काठेखोला गाउँपालिका–५ र ६ (साबिक बिहुँ गाविस)बाट संसारभरि रहेका बिहुँकोटेको भेलाले मञ्च गठन गरेको हो ।


ADVERTISEMENT


गत जनवरी २४ मा सम्पन्न भेलाले पोर्चुगलमा रहेका गङ्गाराम कँडेलको अध्यक्षतामा मञ्च गठन गरेको छ । बिहुँबाट विश्वभर छरिएका सबैलाई एउटै मञ्चमा जम्मा गरेर बिहुँकोटको चौतर्फी विकासमा सहयोग गर्ने उद्देश्यले सङ्गठित भएको अध्यक्ष कँडेलले बताए । समितिलाई २ सय १ सदस्यीय वा आवश्यक परेमा थपघटसमेत गर्न सक्ने गरी प्रक्रिया अगाडि बढाउने मञ्चले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिहुँको दीर्घकालीन विकासमा योगदान दिन सक्ने सामाजिक व्यक्तित्वहरुलाई सो मञ्चमा जोड्न थालिएको जानकारी कँडेलले दिए । साबिकको बिहुँकोट क्षेत्रलाई नेपालकै नमूना पर्यटकीय शहरका रुपमा विकास गर्ने, यहाँका धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै सबै वर्ग, लिङ्ग, जात, धर्म, विचार र चिन्तनमा बाँधिएका बिहुँकोटे समेटेर अघि बढ्ने मञ्चले जनाएको छ ।

मञ्चको उपाध्यक्षमा गोविन्दप्रसाद कँडेल (जापान), देवराज कँडेल (अमेरिका), हिमबहादुर क्षेत्री (जापान), गङ्गा शर्मा (क्यानडा), टीकाराम कँडेल (जापान), रामप्रसाद कँडेल (बेलायत) र फुलप्रसाद कँडेल (बेलायत) रहनुभएको छ । महासचिवमा पशुपति कँडेल (अमेरिका), सचिवमा केशव रिजाल (स्पेन), भीम कँडेल (जापान), पूर्ण कँडेल (जापान) र केशव कँडेल (बेलायत) चयन भएका छन्।

यस्तै, कोषाध्यक्ष अन्तृग्त भने मेघनाथ कँडेल (जापान) सहकोषाध्यक्ष अमर केसी (जापान), राजेन्द्र कँडेल (बेलायत) र कोषाध्यक्ष सूर्यछवि विक (पोर्चुगल) चुनिएका छन् । विभिन्न देश गरी कुल ८४ सदस्य रहेका छन् । रासस