काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीको निर्देशनपछि पशुपति विकास कोषले पशुपतिनाथमा राखिएको शिवलिंगमा सुनको जलहरी राख्ने तयारी गरेको छ । गत सोमवार प्रधानमन्त्री ओलीले पशुपतिनाथको दर्शनपछि पशुपतिनाथलाई ३० करोड दिने घोषणा गरेका थिए भने कोषलाई सुनको जलहरी राख्न समेत निर्देशन दिएका थिए ।


ADVERTISEMENT

# # #


सोही निर्देशनअनुसार गत बुधवार बसेको कोषको वैठकले सुनको जलहरी राख्ने निर्णय गरेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए ।

उनकाअनुसार शिवलिंगमा चढाएको दूध बग्ने भाग जलहरी हो । जलहरी काठ, माटो, प्रस्तर, धातु एवं रत्न विभिन्न वस्तुबाट बन्ने भएपनि पशुपतिमा राखिएको शिवलिंगको जलहरी प्रस्तरको हो । उक्त ठाउँमा कोषले सुन राख्न लागेको हो ।

यद्यपि, प्राचीन स्मारक संरक्षण ऐनले भने सम्पदा स्थलमा कुनै पनि नयाँ संरचना राख्न निषेध गरेको छ ।