जनकपुर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको आम हड्तालका जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शन गर्नेक्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।


ADVERTISEMENT


झडपमा परी प्रचण्ड–नेपाल समूह नेत तथा नेकपा स्थायी समिति सदस्य रामचन्द्र झा घाइते भएका छन्। प्रहरीले लाठी चार्ज गर्दा नेता झाको टाउकोमा चोट लागेको छ ।


ADVERTISEMENT

# # #


चोट लागेपछि नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको स्थानीय एक नेताले जानकारी दिएका छन् । झडपमा परी प्रहरी जवान लालबाबु राय पनि घाइते भएका छन् ।