नेपाल–केही महीनाअघि पशुमा देखा परेको ‘लम्पी स्कीन’ रोग पछिल्लो समय आफैँ नियन्त्रणमा आउन थालेको छ । गएको असारदेखि देखापरेको यो रोग पछिल्ला दिनमा स्वतः नियन्त्रणमा आउन थालेको हो ।


ADVERTISEMENT


रोग देखा परेपछि सरकारी संयन्त्र प्रयोग गरेर किसानलाई जनचेतना जगाइएको थियो ।


ADVERTISEMENT

# # #


रोग आफैँ नियन्त्रणमा आएको पशु विज्ञ र प्राविधिकको भनाइ छ । रोग लागेपछि गाईवस्तुका शरीरका विभिन्न भागमा सानाठूला गिर्खा देखिने, मुखबाट फिँज निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्नेजस्ता लक्षण देखा पर्छ । रोगले चापेपछि पशुमा मृत्युको सम्भावना समेत रहन्छ ।

र, रोगबाट संक्रमित पशुको मृत्यु नभए पनि दूध घट्ने हुन्छ । हालसम्म यस रोग नियन्त्रणका लागि कुनैपनि खोप वा औषधिउपलब्ध छैन । त्यसैले यसका लागि विभिन्न उपाय अपनाएर रोग लाग्नै नदिने उपाय रचेर किसानलाई सचेत गराइन्छ ।

मलमूत्र व्यवस्थापन गर्ने र झिँगा, लामखुट्टे बस्न नदिने उपायबारे किसानलाई सचेत गराइएको भेटिनरी अस्पताल पशुसेवा विज्ञ झापाको सम्पर्क कार्यालय इलामका चिकित्सक डा. सञ्जय ढुङ्गाना बताउँछन् । फोहोर ठाउँमा रोगले बढी आक्रमण गर्ने भएकाले झिँगा, लामखुट्टेबाट सर्ने सम्भावना धेरै हुन्छ । त्यसैले यसका लागि गोठ सरसफाइमा सचेत हुनुपर्ने उनको राय छ ।

जिल्लाका चार स्थानीय तहमा सो रोग देखा परेको थियो ।

किसान बढी सचेत भएकै कारण नियन्त्रणमा आएको डा. ढुङ्गानाको भनाइ छ । ‘एक किसिमले मौसमी फ्लु पनि हो । व्यवस्थापनमा जोड दिएकाले नियन्त्रणमा सहज भयो; ढुङ्गानाले भने । यो रोग नेपालका तराईका सीमा क्षेत्रका जिल्लामा पहिलो चरणमा देखापर्याे ।

प्रदेश १ का मोरङ, झापा र सुनसरी प्रदेश २ को रौतहट र वाग्मती प्रदेशका चितवन र मकवानपुरका पशुमा रोग देखा परेको थियो । विस्तारै अन्य जिल्लामा पनि देखा परेको हो । पशुको किनबेच, ओसारप्रसार र कीटाणु फैलाउने जीवका कारण रोग फैलिएको पशु चिकित्सक डा. ढुङ्गानाको भनाइ छ ।

रोग नियन्त्रणका लागि लामो समय सीमाबाट पशु आयात/निर्यातमा बन्देज गरी रोगी पशुलाई छुट्टै गोठमा राखिएको थियो । साथै शरीरमा घाउ देखिँदै पोटासले धुने, अरू पशुभन्दा भिन्न ठाउँमाराखेको बताउँदै ढुङ्गानाले भने; ‘यसले पनि नियन्त्रणमा सहयोग पुग्यो । पशु चिकित्सकलाई पनि किसानका गोठ पु¥याएर सहजीकरणमा सहयोग पुर्याइयो ।’

रोग देखिएपनि निदानको उपचार नहुँदा किसान र चिकित्सक चिन्तित भएका थिए । अझै पनि रोग पूर्णरूपमा हटिसकेको भन्न नसकिने कार्यालयका चिकित्सक डिकबहादुर कार्कीको भनाइ छ । मौसमी फ्लु भएकाले कुनै मौसममा फेरि देखापर्ने सम्भावना हुन्छ ।

किसानले सधैँ यसबाट सचेत भएर पशुपालन गर्नुपर्ने ढुङ्गानाको भनाइ छ । रोग लागेर निको भए पनि पशुबाट फाइदा लिन गाहृो छ । ८० प्रतिशतसम्म दूधमा हृास  आउँछ । लैनो गाईमा रोग देखापरेमा किसानले आर्थिक भार बढी पर्छ ।

यो रोग कुन ठाउँबाट सर्न थाल्यो पत्ता छैन तर सीमा क्षेत्रका जिल्लामा देखा परेकाले भारतबाट सरेको आँकलन गरियो । शुरुमा मोरङका पशुमा लम्पी स्कीन देखियो । यसै समयमा नेपालमा कोभिड–१९ देखा परेको थियो ।

सरकारले बन्दाबन्दी गरेपछि सीमामा पशु आवातजावतसमेत घट्यो । केही हदसम्म रोग नियन्त्रणमा आएको चिकित्सक डा. ढुङ्गानाको भनाइ छ । इलाम पनि भारतको सीमावर्ती जिल्ला हो । बन्दाबन्दीपछि पशु ओसारप्रसार हुन नसक्दा रोग नियन्त्रणमा आएको अनुमान छ । रासस