पाल्पा– फार्निचर उद्योगमा आगलागी हुँदा नौ लाख बराबरको सामान क्षति भएको छ । रैनादेवी छहरा गाउँपालिका ४ बस्ने युवराज रजालीको फर्निचर उद्योगमा आज आगलागी हुँदा सो क्षति भएको छ ।


ADVERTISEMENT


रजालीको एकतले जस्तापाताको छानो भएको कच्ची फर्निचर उद्योगमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आज बिहान करीब ४ः३० बजेको समयमा लागेको आगो बिहान ५ः५० बजे इलाका प्रहरी कार्यालय मुझुङ पाल्पाबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


आगलागीबाट फर्निचरभित्र रहेका मेसिन, काठ, तयार भएका फर्निचर तथा प्लाइउडलगायतका सामान जलेर पूर्णरुपमा नष्ट भएको छ । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे भने थप अनुसन्धान भइरहेको छ । रासस