काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बलात्कारपछि हत्याको आशंका गरिएको बैतडीकी भागरथी भट्ट प्रकरणबारे निन्दा व्यक्त गरेको छ ।


ADVERTISEMENT


सोमबार एक विज्ञप्ती जारी गर्दै राप्रपाले दोगडाकेदार गाउँपालिका वडा नं. ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या रहस्यमय र दुःखद रहेको व्यक्त गरेको हो । घटनाको सत्य तथ्य छानबिन गर्न, दोषी पहिचान गरे कडा भन्दा कडा कारबाही गर्न राप्रपाले सरकारसँग माग गरेको छ ।


ADVERTISEMENT

# # #


पार्टीले देशमा पछिल्लो समय हत्या हिंसा र बलात्कारका घटना बढ्दै गइरहेको अवस्थाप्रति चिन्ता समेत व्यक्त गरेको छ ।
राप्रपाले भनेका छ, ‘बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वर्षौंसम्म पनि हत्यारा पत्ता लाग्न नसकिरहेको दुःखदायी अवस्थामा बैतडी दोगडाकेदार गाउँपालिका वडा नं. ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको उही प्रकृतिको रहस्यमय हत्या हुनु र अहिलेसम्म हत्यारा पत्ता नलाग्नु रहस्यमय, दुःखद र निन्दनीय छ ।’