काठमाडौँ–सरकारले अब स्थानीय तहका जनप्रतिनिधि, बैङ्कका कर्मचारीहरुलाई खोप उपलब्ध गराउने भएको छ। बिहिवार सुचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाका सबै सरकारी कार्यालय, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य स्वयंसेवक, पहिला छुट भएका स्वास्थ्यकर्मी र पत्रकार खोप दिने जनाएको हो ।


ADVERTISEMENT


तोकिएको समूहलाई फागुन २ गते देखि ८ गतेसम्ममा नजिकैको स्वास्थ्य सँस्था वा खोप केन्द्रमा गई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ। खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने कार्यालयको परिचय पत्र साथमा अनिवार्य रुपमा लिएर जानु पर्नेछ।


ADVERTISEMENT

# # #