काठडमाडौँ – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानले १४ औँ संस्करणको इण्डियन प्रिमिय लिग (आइपीएल)मा ‘अनसोल्ड’ भएका छन् । बिहीबार भारतको चेन्नईमा भएको अक्सनमा सन्दीप बिक्रि नभएका हुन् ।


ADVERTISEMENT


सन्दीपले यसपटक आइपीएलमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (करिब ५४ लाख नेपाली रुपैयाँ) राखेका थिए । तर, उनलाई कुनैपनि टिमले किन्न रुची देखाएनन् ।


ADVERTISEMENT

# # #


विश्वका सबैजसो फ्रेन्चाइज्ड लिग खेलिसकेका सन्दीपसँग आइपीएलमा समेत तीन वटा संस्करणको अनुभव थियो । उनले यसअघि आइपीएलका पछिल्ला तीनवटा संस्करणमा २० लाख भारु (३२ लाख नेपाली रुपैयाँ)मा दिल्ली क्यापिटल्समा आवद्ध भएका थिए ।

तर, दिल्लीले उनलाई २०२१ का लागि दिल्लीले उनलाई टिममा नराखेर रिलिज गरेको थियो । रिलिज भएसँगै उनले अक्सनका लागि नाम दर्ता गराएका थिए ।