एजेन्सी – अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष यान पर्सिभिरेन्स मंगल ग्रहको सतहमा अवतरण भएको छ। अमेरिकी समयअनुसार शुक्रवार बिहाना उक्त यानले पृथ्वीभन्दा ४७ करोड २० लाख किलोमिटर दूरी टाढाको मंगल ग्रहको तस्वीर पठाएको छ ।


ADVERTISEMENT


७ महीनाअघि पृथ्वीबाट पठाइएको उक्त यान मंगल ग्रहको जेजेरो कार्टर क्षेत्रमा अवतरण भएको नासाले जनाएको छ ।


ADVERTISEMENT

# # #


यानको मुख्य उद्देश्य मंगल ग्रहमा जीवन अवशेष खोज्नु भएको वैज्ञानिकहरुले बताएका छन् । मंगल ग्रहमा पानीको मात्रा भएकाले त्यहाँ जीवन सम्भव भएको अनुमान वैज्ञानिकहरुको छ । यानले आगामी २ वर्षसम्म मंगल जेजेरो कार्टरको सतहको उत्खनन गरेर अवशेषको अध्ययन गर्ने नासाले जनाएको छ ।