काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले आफूलाई केपी ओली नेतृत्वको सरकारको गृहमन्त्री हुँदैछन् भनेर चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत नेता गौतमले केही सञ्चारमाध्यामले आफूलाई गृहमन्त्री भएर सरकारमा जाँदैछन् भनेर गलत, भ्रामक र दुराशययुक्त समाचार सप्रेषण गरेको भन्दै असन्तिुष्टि जनाएका छन् ।


ADVERTISEMENT

# # #


उनले आफ्नो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि सतहमा आएको भन्दै उनले भ्रामक समाचारमा विश्वास नगर्न आफ्ना नेता कार्यकर्तालाई अपिल समेत गरेका छन् ।

नेता गौतमले भनेका छन्, ‘मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री वनेर वामदेव जादैछन् भन्ने गलत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ। मेरा सवै मित्रहरुलाई यसकिसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु ।’

नेता गौतम प्रतिनिधिसभा विघटन पछि ओली र प्रचण्ड–माधव समूहमा विभाजन भएको नेकपालाई फेरि एकता गर्ने अभियानमा लागेका छन् ।

प्रेस विज्ञप्ति:
मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपि वली नेतृत्वको…

Posted by Bamdev Gautam on Friday, February 19, 2021