काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आफ्नो समूहका सांसदलाई पार्टीलाई जानकारी गराएर मात्रै काठमाडौँ उपत्यकाबाहिर जान निर्देशन दिएको छ ।


ADVERTISEMENT


बुधबार बसेको संसदीय दलको बैठकले आफ्नो सांसदलाई आपतकालमा बाहेक उपत्यका नछाड्न निर्देशन दिँदै छाड्नुपूर्व पार्टीलाई पनि जानकारी गराउन निर्देशन दिएको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै जतिबेला पनि जुनसुकै परिस्थिति आउन सक्ने भएकाले सांसदहरुलाई उक्त निर्देशन दिइएको हो ।

यस्तै बैठकले प्रतिनिधिसभा पनर्स्थापनाका लागि लडेका राजनीतिक पार्टी, नागरिक समाज, मिडिलाई लगायतलाई धन्यवाद दिएको छ ।