काठमाडौँ – भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड र एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोभिडशिल्ड खोप भारतमा लगाउन शुरु गरिएको केही समयमै भारत सरकारले छिमेकी मुलुकमा खोप पठाउने निर्णय गर्यो । जनवरी १६ मा भारतले नेपाललगायतका छिमेकी मुलुकमा खोप पठाउने निर्णय गरेकोमा निर्णयको तीन दिनमै खोप नेपाल आयो र साता दिनभित्रैबाट नेपालमा खोप लगाउन शुरु गरियो ।


ADVERTISEMENT


भारतभन्दा पहिले खोप निर्माण गरि प्रयोग शुरु गरिसकेको छिमेकी मुलुक चीनले भने भारतले खोप उपलब्ध गराएको दुई सातापछि अर्थात् जनवरी ३१ मा नेपाललाई ३ लाख डोज खोप दिने निर्णय गर्यो । पछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भएको संवादमा फेब्रुअरी ४ मा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाललाई ५ लाख डोज खोप प्रदान गर्ने बताए । चीनले नेपाललाई अनुदानमा खोप उपलब्ध गराउने निर्णय गरेपछि औषधि व्यवस्था विभागमा चिनिया कम्पनी सिनोफार्म दर्ता भएको पनि महीना दिन हुन लागिसक्यो । चिनिया राजदूताबासको सहजीकरणमा उक्त कम्पनी विभागमा दर्ता भएको थियो ।


ADVERTISEMENT

# # #


यद्यपि, हालसम्म चीनले नेपाललाई खोप उपलब्ध गराउन सकेको छैन । ५ लाख खोप उपलब्ध गराउने निर्णय गरेको एक महीनापछि हिजो चीनले नेपाललाई थप ३ लाख डोज खोप उपलब्ध गराउने बताएको छ । सोमवार ट्विट गर्दै नेपालका लागि चिनिया राजदूत होउ यान्छीले थप ३ लाख डोज खोप दिने जानकारी दिइन् । तर चीनले नेपालमा खोप पठाउने मिति भने अहिलेसम्म बताएको छैन ।