काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।


ADVERTISEMENT


सरकारले असंवैधानिक तरिकाले अध्यादेश प्रस्ताव संसदमा पेश गरेको भन्दै कांग्रेसले विरोध गरेको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले विरोधकै बीच अध्यादेश पेश गर्न निर्देशन दिएका थिए ।


ADVERTISEMENT

# # #


तर, कांग्रेस सांसदहरुले असहमति जनाउँदै सिटबाट उठेर नाराबाजी गरेका थिए ।

कांग्रेस र जसपा सांसदहरु संसदको रोष्ट्रमअघि उभिएर नाराबाजी गरेपछि सभामुख सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।