काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ।


ADVERTISEMENT


कांग्रेस र जसपाको अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो ।


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै आइतबार पहिलो पटक बसेको संसद बैठकको सुरुमै नेकपाको प्रचण्ड माधव समूहले शोक प्रस्तावका दिन अध्यादेश पेश गर्न नपाइने बताएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेशहरु संसद बैठक बसेकै दिन पेश गर्नुपर्ने कानुनी प्रावधान रहेको बताएपछि माधव समूहले बैठक बहिष्कार गरेको थियो ।

त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असंवैधानिक अध्यादेश पेश गर्न नपाइने भन्दै विरोध जनाएको थियो । तर, सभामुख सापकोटाले कांग्रेसका विरोधका बाबजुद कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई संवैधानिक अध्यादेशसम्बन्धी विधेयक पेश गर्न अनुमति दिएपछि कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले रोस्टममा नाराबाजी गरेका थिए ।

कांग्रेसको नाराबाजीपछि १० मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गर्दै २६ गतेसम्मका लागि स्थगित गरिएको हो ।