काठमाडौँ – सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी जनता समाजवादी पार्टीले वार्ताका लागि वार्ता टोली गठन गरेका छन् ।


ADVERTISEMENT


सर्वोच्च अदालतले नेकपा एकीकरणलाई अस्वीकार गर्दै एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालले आगामी सत्ता साझेदारका लागि जसपासँग वार्ता गर्न सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेसहितको दुई सदस्यीय वार्ता टोली बनाएको हो ।


ADVERTISEMENT

# # #


यस्तै जसपाका अध्यक्ष महन्थ ठाकुरले पनि एमालेसँग वार्ता गर्न सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको कार्यदल बनाएका छन् । अध्यक्ष ठाकुरले सोमबार साँझ नै बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेको समाचार बाहिरिएको थियो ।

ओलीलाई भेटेको २४ घण्टा नबित्दै थाकुरले सरकार गठन लगायतका विषयमा वार्ता गर्न कार्यदल गठन गरका हुन् ।