काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटीको संख्या २९९ सदस्यीय बनाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले केन्द्रीय कमिटीको संख्या १९९ बाट बढाउदै २९९ सदस्यीय बनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


केन्द्रीय पदाधिकारीको संख्या २१ जना हुने र सम्मानीत नेताको पद कायमै राख्दै वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय बैठकले गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै केन्द्रीय उपाध्यक्षमा एक महिलाको सिट सुरक्षित रहने उनले बताए ।

प्रवक्ता खतिवडाले महाधिवेशनमा सर्वसम्मत नेतृत्वको लागि पहल गर्ने र त्यसका लागि कुनै पदले महत्वपूर्ण सहायता पुराए त्यसतर्फ पनि जानसक्ने उल्लेख गरे । सबै पहल गर्दा पनि निर्वाचनमा जानुपर्ने अवस्था आए त्यसका लागि तयार रहेको उनको भनाइ छ ।

पार्टी सचिवालय बैठकले महाधिवेशनमा केही कम्युनिष्ट विशिष्ट नेताहरूलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए । नेकपा एकीकृत समाजवादीको केन्द्रीय महाधिवेशन असार १६ देखि काठमाडौंमा सुरु हुँदैछ ।