काठमाडौँ – ‘ललितपुर मेयर कप २०७७’ महिला क्रिकेट प्रतियोगिताका सञ्चालन गर्नका लागि ललितपुर महानगरपालिका र नेपाल क्रिकेट संघ (क्यान)बीच सम्झौता भएको छ ।


ADVERTISEMENT


मंगलबार एक कार्यक्रमको आयोजना गर्दै सम्झौतापत्रमा ललित महानगरपालिकाका तर्फबाट मेयर चिरीबाबु महर्जन तथा उपमयेर गीता सत्यालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


सम्झौता सम्झौता पश्चात ललितपुर महानगरपालिले प्रतियोगिता सञ्चालनका लागि क्यानलाई २० लाख रुपैयाँ बराबरको चेक समेत क्यानका अध्यक्ष चन्दलाई प्रदान गरेको छ । प्रतियोगिता आगामी चैत्र पहिलो हप्तादेखि काठमाडौँमा सुरु हुनेछ ।

प्रतियोगिताको फर्म्याट एकदिवसीय हुने सम्झौतामा उल्लेख छ ।

हाल काठमाडौँ महानगरपालिकाको सहयोगमा ‘काठमाडौँ मेयर कप’ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता भइरहेको छ । उक्त प्रतियोगिता सकिनेबित्तिकै ‘ललितपुर मेयर कप २०७७’ महिला क्रिकेट प्रतियोगिताका सञ्चालन गर्ने क्यानको योजना छ ।