काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई समयमा पाठ्यपुस्तक उत्पादन गनै आगामी निर्वाचनका लागि मतपत्र छपाइ गर्ने तयारीमा रहन निर्देशन दिएका छन् ।


ADVERTISEMENT


जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज पाठ्यपुस्तक छपाइको अनुगमन एवं मतपत्र छपाइ गर्ने सेक्युरिटी प्रेसको अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झालाई निर्देशन दिँदै मन्त्री श्रेष्ठले भने, “मतपत्र छपाइ गर्ने तयारीमा रहनुहोस्, निर्वाचन आयोगले कुनै पनि बेला मतपत्र छपाइ गर्न निर्देशन आउँन सक्छ, निर्देशन आउने बित्तिकै मतपत्र छपाइ गर्न सुरु गर्ने गरी तयारी गर्नुस् ।” सरकारले छिट्टै निर्वाचनको घोषणा गर्नसक्नेतर्फ सङ्केत गर्दै उनले मतपत्र छपार्ई गर्नुपर्ने मेशिन मर्मत गर्नुपर्ने मर्मत गरेर राख्न निर्देशनसमेत दिए ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगमा पनि मतपत्र छपाइ गर्ने मेशिन थन्किएर रहेको जानकारी आफूले जानकारी पाएको बताउँदै मन्त्री श्रेष्ठले आयोगसँग समन्वय गरेर ती मेशिनसमेत ल्याएर मतपत्र छपाइको तयारीमा राख्न उनले भने । कर्मचारीले उच्च मनोबलका साथ काम गर्नुपर्ने औँल्याउँदै उनले देश हार्ने काम होइन, देश जित्ने काममा लाग्नुस् भन्दै केन्द्रलाई मेशिन थप गर्न मन्त्रालयले आवश्यक पहल गर्ने पनि बताए।

“केन्द्रले समयमै पुस्तक दिन सक्दैन भनेर आलोचना हँुदै आएको छ, यसको दोष मन्त्रीसम्म जोडिन्छ”, मन्त्री श्रेष्ठले भने, “अब केन्द्रले पुस्तक दिन सकेन भनेर गुनासो सुन्न नपरोस्, नयाँ शैक्षिकसत्र शुरु हुनु अगाडि विद्यार्थीको हातहातमा पुस्तक पुगेन भने राम्रो हुँदैन ।” कक्षा ६ को किताब अहिले किन छपाइ नभएको भन्दै उनले पाठ्यक्रम विकास केन्द्रले समयमै पिआरसी नपठाए आफूले भन्ने बताउँदै उनले असारमा शुरु हुने शैक्षिक सत्र अगाडि नै कुनै पनि बाहनामा पुस्तक विद्यार्थीको हातमा पुगेन भन्ने सुन्न नपरोस् भने ।

मन्त्री श्रेष्ठले भने, “काठमाडौँमा बसेर जुम्लालाई हेर्नुस्, काठमाडौँमा सहजै पुस्तक पाइएला, दुर्गममा पहिला पुस्तक पुर्याउनुस्, १ कक्षादेखि १२ कक्षासम्मको पुस्तक प्रकाशन तपाईंहरुले गर्नैपर्छ, पुस्तक समयमै देशभरका विद्यार्थीको हातहातमा पुग्नुपर्छ ।” जनक शिक्षामा आधार शेयर अर्थ मन्त्रालयको भएकाले अर्थ मन्त्रालयसँग समन्वय गरेर त्यहाँबाट हुने सबै छपार्ई यहीँबाट गर्ने गरी व्यवस्था मिलाउनसमेत उनले भने । उनले जनक शिक्षामा मात्रै नभई शिक्षा मन्त्रालयअन्तर्गत रहेका अस्थायी, करार र ज्यालादारीका कर्मचारीको समस्या समाधान गर्ने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष रामप्रसाद थपलियाले जनक शिक्षामा पाठ्यपुस्तक छपार्ईमा अब समस्या छैन भन्नेमा आफू ढुक्क भएको बताउनुभयो । पाठ्यपुस्तक उत्पादनमा केन्द्रमा कुनै समस्या नरहेको दाबी गर्दै उनले वितरण प्रभावकारी बनाउनु आवश्यक रहेको बताए । जनक शिक्षाको प्रदेश कार्यालयबाट पुस्तक छाप्ने र केन्द्रलाई पूर्णरुपमा सेक्युरिटी प्रेसको रुपमा मात्रै सञ्चालन गर्ने गरी जानुपर्ने बताए ।

कार्यक्रममा केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले वार्षिक पाँच करोड थान पुस्तक छपाई गर्ने क्षमता रहेको जनक शिक्षा घाटामा गएको बताए । घाटा न्यूनीकरण गर्न सरकारका सबै छपार्ई केन्द्रलाई दिनुपर्ने उनको भनाइ थियो ।