काठमाडौँ – शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले मंगलबार नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ ।


ADVERTISEMENT


उक्त सर्भिस सेन्टर धनगढीको लक्ष्मी कम्प्लेक्शमा संचालनमा ल्याइएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगन्ज, इटहरी र काठमाडौंमा अवस्थीत छन् ।


ADVERTISEMENT

# # #


ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ ।

उक्त अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले शाओली बिक्री पछिको सेवा र ग्राहकको सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्ने भन्दै धनगढीको नयाँ सर्भिस सेन्टरले ग्राहकहरुको जीवनलाई अझ सहज बनाउँदै शाओमीको सेवाहरुको अनुभव गर्ने अवसर प्रदान गर्ने बताए ।

यो सर्भिस सेन्टर समुद्घाटन अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा वारेन्टी कार्ड भए नभएका सम्पूर्णका लागि एक हप्तासम्म निः शुल्क सर्भिसिंग प्रदान गर्नेछ ।