काठमाडौँ– उद्योगमन्त्री सुनिलबहादुर थापाले आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग भएको बताएक छन् ।


ADVERTISEMENT


नेपाल घरेलु तथा साना उद्योग महासङ्घका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा आज भएको भेटमा उनले लघु, घरेलु तथा साना उद्योगबाट देशको अर्थतन्त्र फस्टाउने हुँदा यसको विकास आवश्यक रहेको बताए ।


ADVERTISEMENT

# # #


मन्त्री थापाले “आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग नै हो, यसको विकासका लागि मेरो कार्यकाल लाग्नेछ,” भन्दै देशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको विकल्प नभएको बताए।

निजी क्षेत्रसँग सरकारको समन्वयलाई प्रभावकारी ढंगले अगाडि बढाउने छ, उनले भने – “निजी क्षेत्रलाई आइपरेको ऐन कानूनको समस्या समाधानका लागि सरकार लाग्नेछ ।”

महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि र विप्रेषणमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउन सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

सरकारले ल्याएको योजनालाई कार्यान्वयन गराउन सके देशको अर्थतन्त्रले ठूलो फड्को मार्ने पनि उनले बताए ।