काठमाडौँ – नाडाले ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितलाई सहयोग गरेको छ । संस्थाका पदाधिकारी एवं कार्यसमिति सदस्यहरु संग रकम संकलन गरी नाडाले आगलागी पीडितलाई रू. २ लाख १ हजार सहयोग उपलब्ध गराएको हो ।


ADVERTISEMENT


नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदसिय नाडा प्रतिनिधिले भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्त कुमार नेम्बाङ्गसंग भेटी नाडाको सामाजिक उत्तरदायित्व अन्तरगत ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको लागी जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङ्गलाई सहयोग चेक हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


यातातात मन्त्री नेम्बाङ्गले विपदको समयमा नाडाले देखाएको चासोप्रति धन्यवाद दिँदै आफ्नो व्यक्तिगत तर्फबाट थपथाप गरि प्रदेश सांसद मार्फत जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ्गलाई सहयोग हस्तान्तरण गर्ने जनाए । कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्धय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती समेतको उपस्थिति रहेको थियो ।