काठमाडौँ – बजारमा सुनको चरम अभाव देखिएको छ । सुनको अभाव भएपछि आइतवार नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले अर्थमन्त्री विष्णु प्रसाद पौडेललेलाई भेटी सुनको आपूर्ति सहज बनाउन अपिल गरे ।


ADVERTISEMENT


लामो समय देखि अव्यावहारिक किसिमले आपूर्तिमा अत्याधिक कटौती गरिएकोले मुलुकभर सुनको चरम अभाव सृजना भएको र यस्तो अवस्थामा अवैध कारोवारले बजार र समग्र गहना व्यवसायीलाई नै प्रतिकूल असर पर्ने अवस्था उत्पन्न भएको महर्जनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीज्यू एवं मन्त्री परिषद्को सचिवालयका सचिव डा. बैकुण्ठ अर्याललाई भेटी महासंघका अध्यक्ष महर्जन, प्रथम उपाध्यक्ष रुद्र बहादुर बराईली र कोषाध्यक्ष द्वारीका विश्वकर्मा सम्मिलित प्रतिनिधिमण्डलले सुनको चरम अभावले सृजना गरेको असहज परिस्थिति सहज बनाउन ४ बूँदे मागपत्र पेश गरेको थियो ।

यस्तो छ महासंघको माग
१) साविकमा दैनिक २० र २५ के.जी सुन विक्री वितरण हुँदै आएकोमा कोभिड–१९ को संक्रमण पश्चात २०७७ चैतको पहिलो हप्ता देखि नै दैनिक १० के.जी. मा झारिएको तर हाल अर्थतन्त्रका सबै क्षेत्रहरु पूर्ववत रुपमा सामान्य अवस्था आइसकेकोले सुनको दैनिक कोटा पनि पूर्व स्थितिमा लैजानु अति जरुरी भएको ।

२) अवैध तत्वले चरम अभावको फाइदा लिन सक्ने र मागलाई धान्नै नसक्ने गरी अव्यावहारिक किसिमले आपूर्तिलाई नियन्त्रण गर्दा अवैध गतिविधि बढने तथा राजश्व चुहावटको संभावना अधिक हुने भएकोले वर्तमान अवस्थामा दैनिक कोटालाई कम्तिमा पनि ३० के.जी बनाइनुपर्ने ।

३) सुनको विक्री वितरणलाई विकेन्द्रित गरी नेपाल राष्ट्र बैंकले जारी गरेको ‘सुन आयात तथा विक्री वितरण कार्यविधि – २०६८’ ले तोके अनुसार काठमाडौंको साथै धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, जनकपुर, विराटनगर र भद्रपुर समेत अन्य आठ वटा स्थानहरुबाट सुनको विक्री वितरण हुनुपर्ने ।

४) मुलुकभर सदस्यहरु रहेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघलाई जिल्लाको कोटा उपलब्ध नहुनु न्यायोचित नभएकोले यस महासंघलाई जिल्लाको कोटा अविलम्ब उपलव्ध हुनुपर्ने ।