पाँचथर – पुष्पलाल (मध्यपहाडी) राजमार्गको पूर्वी खण्ड कालोपत्रको चरणमा पुगेको छ । कूल ३८३ किलोमिटर लम्बाइको पूर्वी खण्डको सबै भाग ट्र्याक खोलिएको १० वर्षपछि कालोपत्रको चरणमा पुगेको हो । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पाँचथरका अनुसार पूर्वी खण्डमा पर्ने सबै उपखण्डमा कालोपत्रका लागि ठेक्का लागेको छ ।


ADVERTISEMENT


सरकारी लक्ष्यअनुसार आगामी आर्थिक वर्षमा पूर्वी खण्डको कालोपत्र सम्पन्न हुनुपर्ने भए पनि उद्गम उपखण्ड कालोपत्रको गत माघमा मात्रै ठेक्का लागेकाले कालोपत्र पूरा हुन अबको दुई वर्ष लाग्नेछ । पूर्वी खण्डमा ट्र्याक खोलिए पनि कतिपय उपखण्ड वर्षौँदेखि ट्र्याकमै सीमित थिए भने कतिपय उपखण्डको मर्मत तथा स्तरोन्नति कार्य हुँदै आएका थिए । यद्यपि चालु आर्थिक वर्ष २०७७÷७८ मा सरकारले सबै उपखण्ड कालोपत्रका लागि बजेट सुनिश्चित गर्दै ठेक्का लगाएपछि पूर्वी खण्ड नै कालोपत्रको चरणमा पुगेको हो ।


ADVERTISEMENT

# # #


पूर्वी खण्ड राजमार्गको उद्गम विन्दु पाँचथरको चिवाभञ्ज्याङबाट भोजपुरको चखेवासम्म रहेको छ । पूर्वी खण्ड पाँचथरमा १११ किलोमिटर, तेह्रथुममा ११६ किलोमिटर, धनकुटा ४८ किलोमिटर र भोजपुर १०८ किलोमिटर पर्छ । यस खण्डमा कालोपत्र भएका तीनवटा सडकसमेत समेटिएका छन् । तिनको लम्बाइ १२८ किलोमिटर छ । पाँचथरमा पर्ने मेची राजमार्गको जोरसाल ९फिदिम०–गणेशचोक ४० किलोमिटर, तेह्रथुम र धनकुटामा पर्ने वसन्तपुर–हिले सडक २२ किलोमिटर र धनकुटा र भोजपुरमा पर्ने लेगुवा–भोजपुर ६६ किलोमिटर छन् । यसबाहेकको २५५ किलोमिटर सडक राजमार्ग आयोजनाअन्तर्गत कालोपत्रको काम अगाडि बढेको हो ।