भरतपुर- नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैँक) को सेवा अब भरतपुरवासीले पनि पाउने भएको छ ।


ADVERTISEMENT


एनसीसी बैंकले आफ्नो शाखा चितवनको भरतपुरमा पनि विस्तार गरेसंगै त्यहाँका नागरिकले पनि सो सेवा प्राप्त गर्न सक्ने भएको हो ।


ADVERTISEMENT

# # #


सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै एनसीसी बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए । सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तिय कारोबारमा सहजताका लागि क्यू आर कोड समेत हस्तान्तरण गरेको छ ।

कार्यक्रममा एनसीसी बैँकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानिय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जानकारी दिएका छन् । बैँकिङ व्यवसाय व्यापारमुखि मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय संचालन गर्नुपर्ने बताउँदै उनले एनसीसी बैँकका कर्मचारीहरुको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टी रहेको उल्लेख समेत गरे ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरि कुल १ सय २८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् ।