काठमाडौँ – प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले प्रतिनिसभालाई मृत्यु शैय्यामा धकेल्ने प्रधानमन्त्री केपी शर्माओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्नै सांसद पौडेलले प्रतिनिधिसभा विघटनको कदमका नाइके प्रधानमन्त्री ओलीले देशको हित र राजनीतिक स्थिरताका लागि राजीनामा दिनुपर्ने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


उनले भनिन्, ‘नेकपा भित्रको फूट र संसद विघटनको प्रयासमा मुख्य रुपमा प्रधानमन्त्री ओली नै जिम्मेवार हुनुहुन्छ भन्ने कुरा प्रस्टै छ । त्यसैले देश र जनताको बृहत्तर हित र राजनीतिक स्थिरताको लागि पनि उहाँले राजीनामा दिनुपर्छ ।’ राजीनामा दिएर पार्टी एकीकरण वा संयुक्त सरकारका लागि मार्ग प्रशस्त गर्न पनि उनले ओलीलाई आग्रह गरिन् ।

उनले संसद पुनर्स्थापना भए पनि देशको राजनीतिक समस्या नसुल्झिएको बरु राजनीतिले नयाँ मोड लिएको बताइन् । अहिले संसदमा देखिएको अस्थिरतालाई समयमै नियन्त्रण गर्न नसके देशभित्रका प्रतिगामी शक्तिहरु, विदेशी साम्राज्यवादी शक्तिहरुको चलखेल बढ्ने सम्भावना रहेको उनले बताइन् ।

उनले अहिले देखिएको समस्याको समाधान एमाले र माओवादी केन्द्रबीचको पुनः एकता रहेको तर्क गरिन् । उनले नयाँ शिराबाट एकीकरण गरेर सरकारको नेतृत्व पनि एमाले र माओवादी केन्द्रले नै गर्नुपर्ने उनले बताइन् ।

अहिलेको स्थितिलाई समयमै नियन्त्रण गर्न नसके संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र देश र जनताको हितमा धेरै ठूलो कुठाराघात हुने कुराप्रति उनले सचेत गराइन् ।