काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाडौँमा जारी त्रिदेशीय (थ्री नेसन्स) कपमा घरेलू टोली नेपालले आज किर्गिस्तानको ओलम्पिक टिम (यू–२३) विरुद्ध खेल्दैछ । खेल काठमाडौँको त्रिपुरेश्वरपस्थित दशरथ रंगशालामा ५ः३० बजे सुरु हुँदैछ ।


ADVERTISEMENT


नेपाली टोलीको कप्तानी गोलकिपर किरण कुमार लिम्बुले गर्दैछन् भने मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् । प्रतियोगिताका लागि प्रशिक्षक महर्जनले २३ सदस्यीय नेपाली टोली घोषणा गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


नेपाली सिनियर टोलीले घरेलू मैदानमा ६ वर्षपछि खेल्दैछ । नेपाली सिनियर टोलीले पछिल्लो पटक दशरथ रंगशालामा सन् २०१५ मार्च १७ मा भारतकाविरुद्ध खेलेको थियो । गत वर्ष दशरथ रंगशालामा नै नेपाली यू–२३ टोलीले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगता (साग)मा स्वर्ण जितको थियो ।

त्यसयता कुनैपनि स्तरका अन्तर्राष्ट्रिय खेल हुन सकेका थिएनन् । थ्री नेसन्स कपले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल फर्काएको हो । प्रतियोगितामा नेपालसहित किर्गिस्तानको ओलम्पिक टिम (यू–२३) र बंगलादेशको सिनियर टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार बंगलादेशले किर्गिस्तान यू–२३ लाई १–० गोलले हराएको थियो ।

किर्गिस्तानको टिम यू–२३ भएकाले आजको खेललाई विश्व फुटबल महासंघ फिफाले अन्तर्राष्ट्रिय मान्यता भने दिएको दिएको छैन । यद्दपी नेपाल र बंगलादेशबीचको खेल भने अन्तर्राष्ट्रिय मान्यताको हुनेछ ।

यही प्रतियोगिताबाटै नेपाली टोलीका सिनियर डिफेन्डर, तथा पूर्व कप्तान विराज महर्जनले सन्यास लिँदैछन् ।

नेपाली टोली
गोलकिपर
किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु र दीप कार्की ।
डिफेन्डर
रञ्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दीपेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ ।
मिडफिल्डर
त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, विशाल राई, सुनिल बल र रविशंकर पासवान ।
फरवार्ड
अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास ।