काठमाडौँ – प्रधानमन्त्ती केपी शर्मा ओलीले माओवादीसँग अहिले हतियार र लडाकु दुवै नभएकाले कोही पनि नडराउने टिप्पणी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै उनले अब माओवादीसँग हतियार र ‘सो कल्ड सेना’ नभएकाले कोही पनि नडराउने बताए ।


ADVERTISEMENT


मंगलवार रिपोर्टस् क्लवको २३ औँ वार्षिकोत्सवमा राष्ट्रिय सभामा सम्पन्न कार्यक्रममा बोल्दै उनले प्रचण्डको खरो आलोचना गरे ।


ADVERTISEMENT

# # #


‘एउटा समय थियो म मात्र बोल्थेँ, मानिसहरु हतियार र लडाकुसँग डराउँथे,’ उनले भने, ‘आज तपाईंका सो कल्ड सेना पनि छैनन्, हतियार पनि छैनन् । ती दिन त गए ।’

उनले केही व्यक्तिहरुले आफ्नो निजी स्वार्थका लागि देशको राजनीतिलाई धमिल्याउन खोजेको बताउँदै देश प्रचण्डको पछाडि सति नजाने बताए ।

पार्टी एकता गर्दा आधा–आधा समय सरकार चलाउने भने पनि प्रचण्डले बीचैमा पार्टीको कार्यकारी अध्यक्ष चाहियो भनेर आधा–आधाको कागज च्यातेको आरोप लगाए ।

‘तपाईंहरुलाई थाहै होला, यही चैत्र २५ गतेदेखि ३० गतेसम्म महाधिवेशनको म्याद तोकिएको थियो,’ उनले आफू महाधिवेशनमा उठ्दिँन भनेको स्मरण गर्दै उनले भने, ‘यही ३० गतेसम्म माधव नेपाल जसलाई अध्यक्ष हुन मन लागेको थियो, भए भइहाल्थ्यो । तर उहाँहरुलाई यति हतारो भएको कि हाताहाती चाहिएको ।’

अध्यक्ष बन्न चाहनेले महाधिवेशनमार्फत जितेर आऔँ भन्नै आफूले चैत्रमा अधिवेशनको मिति समेत तोके पनि प्रचण्ड र माधव नेपाल त्यसमा सहमत नभएको बताए ।