काठमाडौँ – तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ४५ जना सांसदको हस्ताक्षरसहित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ ।


ADVERTISEMENT


मुख्यमन्त्रीको सचिवालयले अविश्वासको प्रस्ताव फिर्ता भएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


नेकपा एमाले र माओवादी केन्द्रको एकीकृत पार्टी नेकपाभित्र विवाद उत्पन्न भएपछि गत पुस १० गते पौडेलविरूद्ध ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेश गरेका थिए ।