झापा – इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा इटहरीलाई हराउँदै दमक सेमिफाइनलमा पुगेको छ ।


ADVERTISEMENT


आइतवार सम्पन्न क्वाटरफाइनल खेलमा इटहरी उपमहानगरपालिकालाई दमक नगरपालिकाले १ का विरुद्ध २ गोलले पराजित गरेको हो । उक्त खेलमा दमकको तर्फबाट किस्मतले लिम्बुले एक्लैले ५२ औँ मिनेटमा गोल गरेर अग्रता लिएका थिए । इटहरीको तर्फबाट ७० औँ मिनेटमा निकेश तामाङले गोल गरी बराबरी अंक जोडेकोमा त्यसको तीन मिनेटमै किस्मतले नै पुनः गोल गरेपछि दमकले जीत सुरक्षित गरेको थियो ।


ADVERTISEMENT

# # #


२ गोलसहित म्यान अफ द म्याच घोषित भएका किस्मतलाई पूर्व राष्ट्रि खेलाडी सुरेन्द्र नामाङले ट्रफीसहित सम्मान गरेका थिए ।

अब दमकले सेमिफाइनलमा आज सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ ।

विजेता टिमलाई २ लाख र उपविजेता टिमलाई १ लाख पुरस्कार राशि रहेको उक्त प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी छन् ।