बारा – राज्य भुइँमान्छप्रति निर्मम हुन्छ भन्ने एउटा अर्को उदाहरण बाहिरिएको छ । बाराको परवानीपुरमा सडक किनारमा पाल टाँगेर बस्ने सुकुम्बासीहरु अहिले राज्यको त्रासमा बाँचिरहेका छन् ।


ADVERTISEMENT


मजदुरी गरेर पेट पाल्ने सुकुम्बासीलाई करोडौँ कर छलीको आरोप छ । दैनिक मजदुरी गरेर जेनतेन पेट पाल्ने सुकुम्बासी उमाशंकर रायलाई प्रहरीले पक्राउ गरेर नक्खु जेलमा राखेको छ ।


ADVERTISEMENT

# # #


उनीमाथि २७ करोड ९० लाख बढी कर छली गरेको आरोप छ । उनीसहित सुकुम्बासी वस्तीका ६ परिवारलाई कर छलीको आरोप छ ।

राजस्व छली गर्ने गिरोहले उनीहरुको नाममा नक्कली कागजपत्र बनाएर करछली गरेको छ । कहिल्यै सुन्दै नसुनेको ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स नामक दुई कम्पनी उनीहरुको नाममा दर्तामा छन् । उमाशंकरका काका रुपनारायण रायले भने, ‘मुद्दा परेपछि बुझ्न राजस्व कार्यालय गएका थिए, उनलाई प्रहरीले उतैबाट पक्राउ गरेर जेलमा राखेछ ।’ उनले आफूहरुलाई राज्यका निकायले फसाएर दुःख दिएको बताए ।

आजको नयाँपत्रिका दैनिकमा यो खबर प्रकाशित छ ।