काठमाडौँ – नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयकी कर्मचारी सुष्मा रिमाल रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । आफूबाट ३ करोड सम्पत्ति लिएर आफ्नो हेरचाह नगरेको भन्दै उनकी आमाले उजुरी दिएपछि सुष्मालाई प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT


८४ वर्षीय जेष्ठ आमाले उजुरी दिएपछि सुष्मालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिँहले जानकारी दिए । ‘उजुरी धेरै अगाडि परेको हो, यसबीचमा हामीले आमालाई हेर्नुपर्ने भन्दै काउन्सेलिङ पनि गर्यौँ,’ उनले भने, ‘तर उनले अदालतको स्टे अर्डर ल्याएर आएकोमा त्यो पनि खारेज भएर मुद्दा दर्ता भएपछि हामीले पक्राउ गरेका हौँ ।’


ADVERTISEMENT

# # #


उनीविरूद्ध अनुसन्धान गर्न प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति पाएको छ ।