काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगन थापाले पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढिरहेको र भीडभाड नगर्न गरिएको आह्वान सरकार आफैले तोडेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभामा बोल्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेको थापाले जनतालाई होली नमनाऊ भन्ने सरकारका प्रधानमन्त्री केपी शर्माओली आफैले हजारौँको भिड लिएर फुटबल खेल हेर्न गएर उल्लंघन गरेको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘सरकारले भन्यो भिडभाड नगर, होली नखेल, कोरोना बढ्न सक्छ । तर, प्रधानमन्त्री त हजारौँलाई राखेर फुटबल हेर्न जानुभयो । फुटबल खेल्न, हेर्न मिल्ने, होली खेल्न नमिल्ने ?’ प्रधानमन्त्री ओली गत १४ गते शनिबार काठमाडौँका दशरथ रंगशालामा भएको त्रिदेशी कपको फाइनल हेर्न पुगेको थिए । नेपालले जितेको उक्त कपको फाइनल हेर्न हजारौँ समर्थक पनि थिए ।

सरकारले अनावश्यक भीडभाड नगर्न भन्दा राष्ट्रपति आफैबाट धारा खोल्ने, बाल्टी खोल्ने तमासा भइरहेको बताउँदै उनले भने, ‘सरकारको पनि सभा चलिहेको छ, हाम्रो पनि सभा चलिरहेको छ । सरकारको पनि जुलुस चलिरकेको छ, हाम्रो पनि जुलुस चलिरहेको छ । तर, जनतालाई भन्छ, पर्व नगर, जात्रा नगर ,’

सांसद थापाले कोराना जुलुस गर्दा नलाग्ने, पर्व जात्रा गरे लाग्ने गरी छानीछानी आउँछ भन्दै प्रश्न गरे । उनले यसबारे स्वास्थ्य मन्त्रालयले आफ्नो धारणा बनाउनु पर्ने बताए । कोरोना संक्रमणको दोस्रो चरणको तरंग आइसकेको भन्दै उनले विगतबाट पाठ सिकेर नयाँ के गर्दैछ भन्दै प्रश्न समेत गरे ।