वीरेन्द्रनगर– केहि समययता नेपालको विभिन्न स्थानमा आगलागीको क्रम बढ्दो छ ।


ADVERTISEMENT


केहि अज्ञात त, कहिले विभिन्न कारणवश् हाल नेपालमा आगलागी हुने क्रम जारी नै छ ।


ADVERTISEMENT

# # #


आगलागीका कारण व्यक्तिगत मात्र नभई राष्ट्रिय रुपमा नै विभिन्न क्षति भएका छन् । यसले देशलाई नै विश्वसामु एक प्रदूषित शहरको रुपमा स्थापित गर्न मद्दत समेत गरेको छ ।

यस्तै, पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् ।

बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो । आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिनुभयो । उनका अनुसार, हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो ।

‘बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका हुन्’, वडाध्यक्ष कार्कीले भने । उनका अनुसार, प्रहरी र स्थानीयवासी खटिएर हाल आगो निभाइएको छ ।

सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरुलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिएका छन् । रासस