काठमाडौँ – निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन उद्योग वाणिज्य महासंघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले साना व्यवसायीमाथि भद्दा मजाक गरेका छन् । शनिवार काठमाडौँमा सम्पन्न महासंघको वार्षिक साधारण सभामा प्रधानमन्त्री ओलीले दाह्री काट्ने, कपाल काट्ने मान्छेहरु आएर भाडा समेत नेपालबाट कमाएर लिने गरेको आरोप लगाए ।


ADVERTISEMENT


कार्यक्रममा उद्योगीले विदेशी लगानी प्रवर्द्वन गर्नुपर्ने बताएकोमा त्यसमा केन्द्रित नभई उनले साना व्यवसायमाथि आक्रोश पोखे । नाइ मात्र नभएर चिया पसल, पान पसल थापेर नेपाली पैसा उनीहरुले बाहिर लगिरहेको आरोप उनको थियो ।


ADVERTISEMENT

# # #


नेपालमा धेरै विदेशी आएर सैलुन सञ्चालन गरेको संकेत गर्दै उनले कपाल काट्न, दाह्री काट्न, चिया र पान पसल खोल्न विदेशी लगानी नचाहिने बताए ।

उनीहरु ५० हजार बोकेर पशुपति आउने पर्यटक जस्तो भएको बताउँदै उनीहरुले खर्च नगर्ने र देश मात्र दुर्घन्धित बनाउने तर्क उनको थियो ।
‘उनीहरु ५० हजार लिएर ५ दिनमा खर्च नगर्ने पशुपतिको पर्यटक जस्तै हुन्,’ उनले भने, ‘सबै सामान बोकर आउने अनि नेपालमा फोहोर गरेर नेपालकै खर्च बढाउने काम मात्र भएको छ ।’

लगानी गर्न आउनेले शैलुन, चिया पसल, पान पसल लगानी गरेर नहुने, ५ करोड भन्दा कम लगानी गर्न आउँदा छाप्रो पनि नबन्ने उनको तर्क थियो । खुत्रे व्यवसायले केही नहुने आक्रोश पोख्दै उनले नेपाल आउँदा ठूलो लगानीसहित आउनुपर्ने पैसाले भरिएको कार्डमात्र बोकेर आए पुग्ने बताए ।