काठमाडौँ – शिक्षा मन्त्रालयले तत्काल विद्यालय बन्द नगर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । कोरोनाको जोखिमका कारण विद्यालय बन्द गर्ने तयारी सरकारले गरेपछि सोमवार मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेको थियो ।


ADVERTISEMENT


छलफलमा सहभागीहरुले तत्काल विद्यालय बन्द गर्न नहुने र विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताएका थिए।


ADVERTISEMENT

# # #


धेरैले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव दिएकोमा छलफलमा आएका सुझावहरुका आधारमा तत्काल विद्यालय बन्द नगर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्न लागेको मन्त्रालयका अधिकारीले जानकारी दिए ।

कोरोनाका कारण जोखिम बढ्दै गएको भन्दै कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले यसअघि नै ३ साता विद्यालय बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गरिसकेको छ ।