काठमाडौँ – संघीय निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा सिंहदरबारभित्रै प्रदर्शन भएको छ । बिहीबार सिंहदरबारमा उक्त विधेयकको विरुद्धमा नायब सुब्बाहरुले प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएकाले कर्मचारीहरु निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा उत्रिएका कर्मचारीलाई प्रहरील नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


प्रदर्शनमा सहभागी कर्मचारीले श्रेणीको पदपूर्तिमा आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन् । त्यस्तै प्रदर्शनमा उत्रेका नायव सुब्बाहरुले नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका छन् ।

भिडियो हेर्नुहोस् :